
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो एक बजे बस्ने भएको हो ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै मुख्यमन्त्री आचार्यले नैं थारु आयोगको पाँचौँ र छैटौँ वार्षिक प्रतिवेदन, मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन सभामा पेश गर्नुहुनेछ ।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा समेटिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्