५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति


0
Shares

काठमाडौं । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ ।

समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति क्रषिकेश पोखरेलले बताउनुभयो । उहाँले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको बताउनुभयो । उहाँले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताउनुभयो ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको बताउनुभयो । उहाँले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाउने बताउनुभयो ।