
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल आजदेखि सुरु हुँदैछ ।
गत नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा अध्यधिक बहुमतसहित विजयी हुनुभएका ट्रम्पले स्थानीय समय अनुसार मध्यान्ह १२ बजे सपथ ग्रहण गरी दोस्रो कार्यकाल शुरु गर्दै हुनुहुन्छ ।
वासिङ्टन डीसीस्थित अमेरिकी संसद भवन क्यापिटोल हिलको हलभित्र अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जोन जी रोबर्टस् जुनियरबाट ट्रम्पले सपथ लिनु हुनेछ । वासिङ्टनमा अत्यधिक चिसो रहेका कारण ४० वर्षको अवधिमा पहिलो पटक हलभित्र सपथ ग्रहण समारोह आयोजना गरिएको हो ।
यसअघि सन् १९८५ मा तत्कालिन राष्ट्रपति रोनल्ड रेगनको सपथ ग्रहण पनि हलभित्रै गरिएको थियो । सपथ ग्रहण समारोह शुरु हुनु अघि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ह्वाई हाउससंगै रहेको सेन्ट जोन एपिस्कोपल चर्चमा प्रार्थना गर्नुहुनेछ । त्यसपछि ट्रम्प दम्पतिले ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र जिल बाइडेनसंग कफी खाएपछि चारै जना सपथ ग्रहण स्थल क्यापिटोल हिलतर्फ जानु हुने छ ।
विशेष सांगीतिक माहौलका बीच पहिले उपराष्ट्रपति जेडी भ्यान्सको सपथ हुने छ भने त्यसलगत्तै राष्ट्रपति ट्रम्पको सपथ हुनेछ । सपथपछि राष्ट्रपति ट्रम्पले देशवासीका नाममा सम्बोधन गर्नु हुनेछ भने सैनिक सलामी लिएपछि पाहुनाहरुका साथ दिवा भोज गर्नु हुने छ ।
त्यसै क्रममा निर्बतमान राष्ट्रपति जो बाइडेन दम्पतिलाई विदाई गरेर पछि ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नु हुनेछ । ट्रम्पले आज पहिलो दिन नै सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी रहेको बताईको छ ।
प्रतिक्रिया दिनुहोस्