२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


आजको मौसम


871
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

अहिले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मधेश प्रदेशको पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको तथा बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।