
एजेन्सी । इजरायलले प्यालेष्टाइनी विद्रोही समुह हमासको कब्जामा रहेका सबै बन्दी रिहा हुने स्पष्ट पारेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले एक विज्ञप्ती जारी गर्दै हमासको कब्जामा रहेका सबै बन्दीहरूलाई रिहा गर्ने सम्झौता भएको स्पष्ट पारेको हो ।
इजरायली प्रधानमन्त्री नेतान्याहूले गाजा युद्धविराम सम्झौतालाई अनुमोदन गर्न मन्त्रिपरिषद्को मतदानमा ढिलाइ हुँदा सर्वत्र आशंका भइरहेको समयमा प्रधानमन्त्रीको कार्यालयले बन्दी रिहा गर्ने सहमति भएको जानकारी गराएको हो ।
यसैबीच इजरायली सरकारले सम्झौता अनुमोदनका लागि बैठक आह्वान गर्ने भएको छ । इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिहरूले दोहामा आधिकारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता जनवरी १९ अर्थात आगामी आइतबारदेखि लागु हुनेछ ।
कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायली मन्त्रिपरिषद्को स्वीकृति बाँकी रहेको अवस्थामा सम्झौता आइतबारदेखि लागू हुने जानकारी दिइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्