२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई बाँड्ने अध्यादेश आएकोमा सत्तारुढ दलका कार्यकर्तालाई बधाई छ : मेयर साह


19.565k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज जारी गरेको भूमि सम्बन्धि अध्यादेशप्रति तीब्र असहमति जनाउनु भएको छ ।

राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको एक घण्टा नवित्दै मेयर साहले टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई बाँड्ने अध्यादेश आएको भन्दै सत्तारुढ दलका कार्यकर्तालाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले एक अर्काको हात समातेर माथि उठाएको फोटो समेत पोस्ट गर्दै मेयर साहले सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको हो । सरकारले ल्याएको अध्यादेश गुठी, निकुञ्ज, वन र सार्वजनिक जग्गाहरु व्यक्ति तथा समूहहरुलाई दिन मिल्ने व्यवस्था गरिएको बुझिएको छ ।