२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


काठमाडौं महानगरले राजस्व बाँडफाँड गर्न नमानेको बागमती प्रदेश सरकारको गुनासो


2.847k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई दिनुपर्ने राजस्व नदिएको गुनासो गरेको छ ।

बागमती प्रदेशका कानुनमन्त्री सुरजचन्द्र लामिछानले बुधबार प्रदेश सरकारल गरेको कार्यक्रममा महानगरपालिकाले उठाएको राजस्वको ४० प्रतिशत रकम नबुझाएको गुनासो गर्नुभयो । सबै पालिकाहरुले आफूले उठाएको राजश्वमा ६० प्रतिशत आफूले प्रयोग गर्ने र ४० प्रतिशत राजस्व प्रदेश सरकारलाई बुझाउनु पर्ने भएपनि काठमाडौँ महानगरपालिकाले अहिलेसम्म राजस्व नबुझाएको उहाँको भनाइ थियो ।

पालिकाहरुले प्रदेशसंग बजेट माग्ने र कानुनी अवरोध फुकाईदेऊ भन्ने बाहेक अरु कुरामा समन्वय नगरेको पनि उहाँको आरोप थियो ।