५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा आज दुई खेल हुँदै


156
Shares

काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आजको खेलमा सशस्त्र प्रहरीको एपीएफ र गण्डकी प्रदेशबीच प्रतिष्पर्धा हुने छ । यो खेल अहिले बिहान ९ बजेबाट शुरु हुनेछ ।

मंगलबारको खेलमा एपीएफले कर्णाली प्रदेशलाई एक सय ११ रनले हराएर विजयी शुरुवात गरेको थियो । त्यस्तै सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो ।

आज दिउँसो १ बजे लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली एपीएफ र आर्मी सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।