५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


ईमेज ग्रुप अफ कम्पनीजको वार्षिक उत्सव


533
Shares

काठमाडौं । ईमेज च्यानल एच डीले आज आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । ईमेज च्यानलको कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच २८औ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आर के मानन्धरले ईमेज च्यानल देश र जनताका लागि सूचना प्रवाह गर्न दृढ भएर अगाडी बढ्ने बताउनुभयो ।

अध्यक्ष मानन्धरले ईमेज च्यानलले आफ्ना कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले सत्य, तथ्य समाचारका लागि ईमेज च्यानलले महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको पनि बताउनुभयो ।

कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका महाप्रवन्धक रघुवरभक्त मानन्धरले वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको थियो । ईमेज ग्रुप अफ कम्पनीज अन्र्तत ईमेज च्यानल एच डी, ईमेज एफ्एम ९७.९, १०३.६, ईमेज खबर डट कम प्रकाशन र प्रसारणमा छन् ।