
काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्नेछन् ।
दोस्रो चरणको लिगमा पुलिस र वालिङबिचको यो दोस्रो भिडन्त हो । आजको खेल जित्दै पुलिस तालिकाको दोस्रो स्थानमा उक्लिन चाहन्छ । लगातार चार खेल हारेको वालिङ पनि आजको खेलमा पुलिससँग अंक खोस्न चाहन्छ ।
लिगमा ४ खेलबाट १२ अंक जोडेको सशस्त्र प्रहरीको एपिएफ क्लब शीर्ष स्थानमा छ । हिजोको खेलमा बागमती युथ क्लबलाई ३–० ले हराएको आर्मी क्लबले पाँच खेलबाट १० अंक जोडेको छ । चार खेलबाट ७ अंक जोडेको पुलिस क्लब तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्