
काठमाडौं । २०८१ को एसईई परीक्षा आगामी चैत्र ७ गतेदेखि हुने भएको छ । आगामी चैत ७ गतेदेखि एसईई परीक्षा शुरु हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले तालिका सार्वजनिक गरेको हो ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने जनाइएको छ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिश)को परीक्षा हुनेछ ।
यस्तै चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको भक्तपुरले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्