
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज बागमती युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
जारी लिगमा दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलको समाप्तीसम्म सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब १२ अंकसहित शीर्ष स्थानमा छ भने आर्मी क्लब ७ अंकसहित दोस्रो तथा पुलिस क्लब समान ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
जारी लिगमा तीन विभागीय टोलीसहित बागमती युथ क्लब र वालिङ नगरपालिका सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्