५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सुनको मूल्य तोलामा १६ सयले वृद्धि


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । गत शुक्रबारको तुलनामा आइतबार प्रतितोला सुनमा एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।

शुक्रबार छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरि चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य आज एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।