६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


आफ्नो कमाइबाट खुशी हुने रोजगारी नै अहिलेको प्रमुख राजनीतिक एजेण्डा : गगन थापा


832
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुशीका साथ बस्नसक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताउनुभएको हो ।

महामन्त्री थापाले आफ्नो कमाइबाट खुशी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गर्नुभयो । उहाँले खुशीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पुर्‍याउने बताउनुभयो ।

महामन्त्री थपाले नेपालमा पाएको रोजगारीले खुशीसाथ बस्नसक्छु भन्ने वातावरण बनाउनसके मात्रै युवाहरु नेपालमा बस्ने बताउनुभयो ।