काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गर्नुभएको हो ।
अध्यक्ष दाहालले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाउनुभयो । उहाँले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताउनुभयो ।
अध्यक्ष दाहालले बैठकमा समाजवालदी मोर्चालाई फेरि सक्रिय बनाउनेबारेमा छलफल भएको र समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्