काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवालेले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्युनिकरणमा ठूलो मद्दत हुने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै ठूलो असर गरिरहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँहरु पग्लिरहेको र हिमाल नाङ्गो भएको बताउनुभयो ।
सभापति देउवाले नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्याका रुपमा आएको बताउनुभयो । उहाँले नेपालमा सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने बताउनुभयो । उहाँले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधनका लागि ठाउँठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणसम्बन्धी अभियान देशभर नै बढाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्