३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल चलेन भनेर पछुताउनु पर्दैन : रामेश्वर खनाल


2.119k
Shares

काठमाडौं । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगका संयोजक रामेश्वर खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालिन लगानी भएकाले पछुताउनुपर्ने अवस्था नभएको बताउनुभएको छ ।

शुक्रबार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै संयोजक खनालले बताउनुभएको हो ।

संयोजक खनालले पोखरा विमानस्थलमा दीर्घकालिन लगानी भएकाले तत्काल चलेन भनेर पछुताउनुपर्ने अवस्था नभएको उल्लेख गर्नुभयो । उहाँले १३ वर्षको अवधिमा सबै ऋण तिर्न नसकेको पनि विमानस्थल बिस्तारै चल्दै जाने विश्वास रहेको बताउनुभयो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय उडान हुन नसकेको पनि आन्तरिक यात्रुको चाप राम्रो रहेको बताउनुभयो ।

संयोजक खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भारतसँग नयाँ हवाई रुटमा सहमति गर्नसके चाँडै चल्ने बताउनुभयो । उहाँले सरकारले भारतसँग पहल गर्न नसकेको कारण नयाँ रुटमा सहमति हुन नसकेको बताउनुभयो । उहाँले सरकारले राजनीतिक शक्ति प्रयोग गरेर भारत सरकारसँग पहल गर्न नसक्नुका कारण पोखरा विमानस्थल चल्नमा ढिलाई भएको बताउनुभयो ।

संयोजक खनालले भारत सरकारले प्राविधिक स्तरमा नेपाललाई सिमरा प्रवेश बिन्दु बाहेक सुदूरपश्चिम क्षेत्रबाट दिने भनेर प्राविधिक दस्तावेजमा भइसके पनि अहिलेसम्म प्रवेश बिन्दुका विषयमा भारत सरकारसँग सहमति गर्न नसकेको बताउनुभयो । उहाँले रुटका विषयमा सहमति नहुँदा अन्तर्राष्ट्रिय उडानको लागि पोखरा विमानस्थलयोग्य नभएको बताउनुभयो ।