७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता हुने


910
Shares

काठमाडौं । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

कमल गाउँपालिकाको वडा नम्वर ७ गेउरीया स्थित सुजनशील युवा क्लबको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा फुटबल प्रतियोगिता हुने शुक्रबार पत्रकार सम्मेलनगरी जनाकारी गराएको हो ।

“लागु औषध दुव्र्यशन विरुद्धको बोल, हाम्रो यो गोल” भन्ने नाराका साथ आगामी पुष २८ गते देखी माघ ५ गते सम्म प्रतियोगिथा सन्चालनहुने सुजनशील युवा क्लबका अध्यक्ष निशान लामिछानेले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक सुजनशील युवा क्लव ए र बि का साथै झापा र मोरङ्गका ८ वटा गरी जम्मा १० वटा टिम बिच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथमहुने टिमले नगद ५० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रो ह्ने टिमले नगद ३० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन।त्यस्तै विधागत खेलमा प्लेयर अफ द टुर्नामेन्टले ३ हजार ५ सय , ईमर्जिङ प्लेयर , वेष्ट गोलकिपर, वेष्ट डिफेण्ड, प्लेयर अफ द म्याचलाई जनही २ हजार ५ सय नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने क्लवका सचिव विक्रम निरौलाले बताउनुभयो ।

फुटबल प्रतियोगिता सञ्चालनका लागी कमल गाउँपालिकाका,देश विदेशमा रहनुहुने स्थानीय वासीका साथै विभिन्न संघ सस्थामा बाट सहयोग प्राप्त भएको र प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम बाट लागु औषध दुव्र्यशन विरुद्धकालागी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने खेल संयोजक जनक गुरुङले बताउनुभयो ।