काठमाडौं । बुधबार राति सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको वडाका सदस्य हीराकाजी श्रेष्ठले जानकारी दिनुभयोृ ।
बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको मृत्यु भएको श्रेष्ठको भनाइ छ । विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका खालिङ बुधबार राति पनि उक्त गोठमा बसेका बेला चुरोट खाने क्रममा आगलागी भएको हुनसक्ने सोलुखुम्बु प्रहरीको अनुमान छ ।
घटनाबारे थप अनुसन्धान गर्न प्रहरी र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । आगलागीबाट जलेको खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्