७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


पार्टी र नेता होइन, जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ : नेता सिटौला


455
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।

बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने बताउनुभयो । उहाँले जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।

नेता सिटौलाले संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताउनुभयो । देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई कांग्रेसले प्रधानमन्त्री मानेर अघि बढिरहेको बताउनुभयो । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली कांग्रेस पार्टीको नीतिगत नेतृत्व रहेको बताउनुभयो ।

नेता सिटौलाले अहिलेसम्म संघीय शिक्षा ऐन बन्न नसक्नु दुःखको विषय भएको बताउनुभयो । सबै जाति बलियो भएमात्रै देश बलियो हुने बताउनुभयो ।