७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छु : मन्त्री खड्का


1.443k
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

उर्जामन्त्री खड्काले केही सञ्चारमाध्यमहरुले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको बताउनुभयो । उहाँले पित पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने बताउनुभयो । उहाँले सत्यतथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न आग्रह गर्नुभयो । उहाँले केही गर्नखोज्ने मान्छेहरुप्रति लुटमार गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

उर्जामन्त्री खड्काले श्रोतमाथिको अधिकार सबै नागरिकको हुने बताउनुभयो ।