६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन


585
Shares

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मुलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि श्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु मुलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि श्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समिति सभापति सोनाम गेल्जेन शेर्पाले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्ने काम छिटो टुंग्याउन वन तथा वातावरण मन्त्रालयललाई निर्देशन दिनुभयो । समितिले राष्ट्रिय गौरवका आयोजनाको लागि जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्वतयारीका कार्यहरु सम्पन्न गरी आयोजनालाई समयमै सम्पन्न गर्नेगरी प्रभावकारी रुपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

समितिमा मंगलबार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजना सम्बन्धमा छलफल भएको हो ।