२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


अर्घाखाँची महोत्सव पुस २९ गतेदेखि हुने


65
Shares

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव हुने भएको छ ।

अर्घाखाँची उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने तथा जिल्लाका पर्यटकिय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको जनाएको हो ।

संघका अध्यक्ष प्रदिप मिश्रले यही पुस २९ गतेदेखि माघ १२ गतेसम्म ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ छैठौं अर्घाखाँची महोत्सव गरिने बताउनुभयो ।

मेलामा ३ सय ५० स्टल रहने जनाइएको छ । त्यस मध्ये ५० वटा स्टलमा अर्घाखाँचीका स्थानिय उत्पादन राखिने पनि संघले जनाएको छ ।