२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


मोतिहारी-अमलेखगञ्ज पाइपलाइन सञ्चालन अनिश्चित


403
Shares

बारा । बाराको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको सम्पन्न परियोजना उद्घाटनका लागि भारतीय प्रधानमन्त्रि नरेन्द्र मो्दीको समय नमिलेपछि पाईपलाईन सञ्चालन नै अनिश्चित बनेको छ ।

नेपाल-भारत दुई देशका प्रधानमन्त्री स्तरबाट उद्घाटन हुने भनिएको परियोजना उद्घाटनका निम्ति नेपाल सरकारले भारत सरकारसँग कुटनीतीक आग्रह गरे पनि भारत तत्काल उद्घाटन गर्न सकारात्मक नबनेपछि परियोजना सञ्चालनको अन्योलता बढेको हो ।

नेपाल आयल निगमका मधेश प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले परियोजनाको दोस्रो चरण उद्घाटन पुसको पहिलो साता दुबै देशका प्रधानमन्त्रि स्तरबाट हुने भनीएपनि उदघाटनको समय फाईनल हुन नसकेको जानकारी दिनुभयो ।

अहिलेसम्म डिजेल मात्रै आयात भैरहेकोमा दोस्रो चरणको सम्पन्न परियोजनाबाट निगमले मंसिर अन्तिम साता ५ हजार ५ सय किलोलिटर पेट्रोल र पुस पहिलो साता एक हजार किलोलिटर मट्टितेल पाइपलाइनमार्फत ल्याई सफल परीक्षण गरेको थियो ।