काठमाडौं । नेपालमा पहिलो पटक मलिकुलर थेरापीको सुरु भएको छ ।
यो सेवाबाट जोर्नीहरु खिइएको, नसाहरु सुकेको कम्मर वा ढाड दुखेको र शरीर कमजोर हुने विरामीहरुलाई सहजताको साथ उपचार गर्न सकिने भएको छ ।
शनिबार सामुदायीक स्वास्थ्य सेवा परिषद् डल्लु आवास र विभिन्न संघसंस्थाको आयोजनामा करिब तीन सय विरामीले यो सेवा लिएका हुन । कार्यक्रममा परिषदका प्रमुख मेडिकल सुपरटेण्डेन्ट प्राध्यापक डाक्टर बुलन्द थापाले मलिकुलर थेरापीको विधिबाट विरामीलाई विना सल्यक्रिया उपचार गर्न सकिने दाबी गर्नुभयो ।
कार्यक्रममा सामुदायीक स्वास्थ्य सेवा परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठले महिनाको एक पटक परिषदले स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा संयुक्त राष्ट्रसंघका सुरक्षा परिषदका उपाध्यक्ष डा राजु लामाले अस्पतालललाई एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्