१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको दोस्रो संस्करण फागुन दोस्रो साता सुरु हुने


169
Shares

काठमाडौं । ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको दोस्रो संस्करण फागुन दोस्रो साता सुरु हुने भएको छ ।

आयोजक ई-स्पोर्ट्स संघ नेपाल (ईशान) ले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

ईशानले बार्षिक क्यालेण्डर अनुसारै गर्न लागेको प्रतियोगिता फागुन ८, ९ र १० गते काठमाडौंमा हुन लागेको हो ।

प्रतियोगितामा ई फुटबल, मोबाईल लिजेन्ड्स, पब्जी मोबाईल, डोटा टू, भ्यालोरेन्ट, कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा हुने बताइएको छ । २५ लाख पुरस्कार राशी रहेको प्रतियोगिता नेपालको ई स्पोर्ट्स क्षेत्रमा नै पहिलो पटक सबैभन्दा ठूलो राशीको प्रतियोगिता भएको बताइएको छ ।

शनिवारबाट सुरु टीम दर्ता देशका कुनै पनि स्थानका खेलाडीले खल्ती एपबाटै गर्न सकिने आयोजकले बताएका छन् । छनोट चरणका खेल अनलाईनबाटै हुने र फाइनल खेलको ल्यान ईभेन्ट काठमाण्डौंमा सम्पन्न हुने संघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिनुभयो ।

प्रतियोगिताको व्यवस्थापन र बजारीकरण सप्लाईन अनलिमिटेडले गर्ने भएको छ । संघले प्रतियोगिताको सद्भावना दूतमा चलचित्रकर्मी निश्चल बस्नेतलाई नियुक्त गरेको जनाएको छ ।