२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौं : मन्त्री पाण्डे


91
Shares

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले पयर्टन क्षेत्रमा निजी क्षेत्रको सभागितालाई बढाउन सर्वपक्षीय सम्मेलन गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री पाण्डेले आउँदो २०८२ सालको वैशाखमा कोशी प्रदेशमा सम्मेलन आयोजना हुने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भइसकेको जानकारी गराउनुभयो । उक्त सम्मेलनबाट पर्यटन क्षेत्रको विकासका लागि कसले के गर्ने भन्ने निचोडमा पुगिने उहाँको भनाइ छ ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालय नअल्मलिएको स्पष्ट पार्नुभयो । उहाँले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारले कार्ययोजना बनाएर काम गरिरहेको उल्लेख गर्नुभयो ।

बैठकमा अधिकांश सांसदहरुको देशभरको विमानस्थल सञ्चालनको विषयमा चासो राख्नुभएको थियो ।