५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


ओखलढुंगे डेरी उद्योगको उत्पादन शुरु


520
Shares

काठमाडौं । भक्तपुरमा युवा उद्यमीहरुले ओखलढुंगे डेरी एण्ड एग्री फुड प्रा.लि सञ्चालनमा ल्याएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका –२ वालकोटस्थित उद्योगको बुधबार भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापाले उद्घाटन गर्नुभएका हो । नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमला लगायतको टीमले सञ्चालनमा ल्याएको उक्त उद्योगले खास गरी दुधजन्य पदार्थ उत्पादन र बजारीकरण गर्ने लक्ष्य लिएको छ ।

दुध जन्य पदार्थको विविधिकरण हुन नसकेका कारण पछिल्लो समय डेरी उद्योगहरुले उत्पादन गरेको धुलो दुध तथा बटर लगायतका वस्तु बिक्री हुन सकेको छैन । जसका कारण दुग्ध किसानको भुक्तानीमा समस्या देखिएको छ । सोही अवस्था मध्यनजर गर्दै ओखलढुंगे डेरी एण्ड एग्री फुडले दुध, दही, पनिर, वटर घिउका साथै खुवा, रसभरी, लालमोहन, आइसक्रिम, कुल्फी, खुवा, भुजिया, पनिर मःम, गुदपाक, पुष्टकारीलगायका उत्पादन सुरु गरेको छ ।

सञ्चालनमा आएको उद्योगबाट दैनिक पाँच हजार लिटर दुध खपत हुने र १० देखि १५ जनासम्म प्रत्यक्षरुपमा रोजगारीे सिर्जना हुने, उद्योगबाट दैनिक तीन लाख ५० हजार नगद कारोबार ग्रामीण क्षेत्रमा प्रवाह हुने अध्यक्ष धमलाले जानकारी गराउनुभयो ।

उद्योगले स्वदेशका युवालाई प्रेरणा दिन, स्वदेशी उत्पादन उपभोग गर्न, स्वदेशी अर्थतन्त्र बलियो बनाउने कार्यमा सहयोग पुर्‍याउने विश्वास लिएको अध्यक्ष धमलाले बताउाुभयो ।

सो अवसरमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले फरक ढंगबाट स्थापना भएको डेरी उद्योगले फरक पहिचानसहित बजारमा आफ्नो स्थान जमाउने छ र यसमा एसोसिएसनको पुरै साथ रहने कुरा बताउनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा. राजेन्द्र यादवले लामो अनुभव बटुलेका सञ्चालक धमलाले यो उद्योग धेरै सुझबुझका साथ स्थापना गरेको र बोर्डको तर्फबाट गर्नुपर्ने साथ रहने बताउनुभयो ।

यसैगरि सूर्यविनायक नगरपालिका वडा २ का वडाध्यक्ष प्रतित कार्की, पशु सेवा विभागका उपमहानिर्देशक लेखराज दाहाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेतले आआफ्ना भनाइ राख्नु भयो भने प्रमुख अतिथि सांसद थापाले उद्योग प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।