१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


प्रतिनिधि सभाका नवनियुक्त सचिव राईद्वारा शपथ ग्रहण


0
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलबार सचिव पदमा नियुक्त गर्नुभएको हो ।

शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरुको सहभागिता रहेको थियो ।