सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको गौमती र कमला नदीको दोभानमा अवस्थित कमलामाईस्थानमा यसवर्ष विशेष माघे संक्रान्ति मेलाको आयोजना हुने भएको छ ।
माघ महिनामा कमलानदीमा स्नान गरी काली कमलामाईको दर्शन तथा पुजा अर्चना गराउन नेपाल र भारतका लाखौं दर्शनार्थीहरुलाई सिन्धुलीमा भित्र्याउने योजनाका साथ यसवर्ष विशेष मेला लाग्ने भएको जनाइएको छ ।
माघे संक्रान्ति मेलाको पूर्व सन्ध्यामा कमलामाई मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित मेलाको तयारी कार्यक्रममा धार्मिक पर्यटनको विकासका लागि कमलामाईस्थानको विशेष महत्व रहेकोमा जोड दिइएकोे छ ।
नेपालकै मध्यपूर्वी क्षेत्र खासगरी सिन्धुली, सर्लाही, महोतरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका भक्तजनले वर्ष दिनमा कमलामाईलाई भाकेर गरेको भाकल पुरा गर्न माघे संक्रान्तिमा आउने गदर्छन् ।
प्रतिक्रिया दिनुहोस्