२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔं : उपप्रधानमन्त्री सिंह


273
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

सोमबार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकार र उपलब्धि सहजै प्राप्त नगरेको भन्दै यसलाई संस्थागत गर्न जरुरी रहेको बताउनुभयो । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा सबै मिलेर गर्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले आम नेपाली जनताहरु राष्ट्र र समाजलाई उन्नत र सम्पन्न राष्ट्र बनाउनुपर्ने बताउनुभयो । उहाँले पहिचानको सुरक्षा र संवद्र्धन गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो । प्राप्त अधिकारको सुरक्षा र संवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले पुर्खाले छोडेका रितिथिति र परम्परा जोगाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । पुर्खाले छोडेर गएका संस्कार र संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताउनुभयो ।