६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


नेकपा एसमा आउने सम्भावना छँदैछ : वामदेव गौतम


2.366k
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ ।

सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो ।

भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताउनुभयो । उहाँले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको पनि बताउनुभयो ।

नेता गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताउनुभयो ।