काठमाडौं । साउदीबाट आएका थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ ।
४४ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
परीक्षणको क्रममा उन्मा सङ्क्रमण देखिएका हो । गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए ।
मंकीपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गरेको छ ।
रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, बिमिराको सम्पर्कबाट सर्ने गर्छ । सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने चिकित्सकको भनाइ छ । चिकित्सकहरुले यो रोगबाट सावधानि अपनाउन आग्रह पनि गरेकाछन् ।
प्रतिक्रिया दिनुहोस्