काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तहरुमध्ये आइतबार तीन जनाको बयान लिइएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशमा प्रतिवादीहरु रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग बयान लिइएको हो. । सोही प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, पूर्वडी आईजी छविलाल जोशी र लिला पछाईसँग गत साता बयान लिइएको थियो ।
सोमबार सार्वजनिक बिदा परेकाले आगामी मंगलबार प्रतिवादी आरती गुरुङको बयान लिएपछि थुनछेक बहस शुरु हुनेछ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय अदालतले गर्ने छ । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्