एजेन्सी । दक्षिण कोरियामा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको हो ।
विमानमा सवार १ सय ८१ जनामध्ये ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ । अहिलेसम्म दुई जनाको मात्रै जिवितै उद्धार गरिएको छ । उद्धार कार्य अझैपनि जारी छ भने थुप्रै यात्रुहरुको अवस्था अज्ञात छ । दुर्घटनाको कारण स्पष्ट नभएपनि चरासँग ठोक्किएर ‘ल्याण्डीङ गियर’ बिग्रिएको आशंका गरिएको योनहाप समाचार एजेन्सीले बताएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएको अपुष्ट भिडियो फुटेजमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएपछि विष्फोटसँगै आगलागी भएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्