काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर अहिलेसम्मकै महंगो बनेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा र खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । यो अहिलेसम्मकै उच्च हो ।
गत साता शुक्रवार एक अमेरिकी डलरको बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा र खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा थियो । पछिल्लो हप्ता हरेक दिन अमेरिकी डलर बलियो बनेसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको हो । डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा प्रत्यक्ष प्रभावित हुने र त्यसको असर नेपाली मुद्रामा पनि पर्ने गर्दछ ।
भारतीय रुपैंयासँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । नेपालको रेमिट्यान्स आप्रवाह उच्च रहेकोले डलर बलियो बन्दा नेपाललाई फाइदा पनि हुन्छ । तर वस्तु तथा सेवा आयातवापतको भूक्तानीमा भने डलरको महंगीले नकारात्मक असर पार्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्