काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेकपा एमाले काठमाडौं महानगर कमिटीको तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालका मन्दिर शैलीहरुको महत्व पनि फरक फरक रहेको र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हजारौं वर्षअघिका कला, संस्कृति र सभ्यता नेपालको पहिचान भएको बताउनुभयो । उहाँले नेपाल संस्कृति, सभ्यताको देश भएको बताउनुभयो । उहाँले नेपालका गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संस्कृति, चाड र परम्परालाई जीवित राख्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्