काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन गर्दै मेयर साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेर भन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताउनुभएको हो ।
मेयर साहले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताउनु भयो । उहाँले त्यसका लागि जग्गाधनीहरुले स्थानीय सरकार र संघ सरकारलाई दबाब दिन सुझाव दिनुभयो ।
मेयर साहले उक्त जग्गा सरकारले लुटेर राखेको र पक्रिया अघि बढिरहेको कुनैपनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गर्नुभयो । अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उहाँको दाबी छ ।
मेयर साहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्