१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


अफगानिस्तानमा पाकिस्तानको आक्रमणबाट १५ को मृत्यु


0
Shares

एजेन्सी । अफगानिस्तानामा पाकिस्तानी सेनाले गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

अफगास्तानको पक्तिका प्रांन्तको बरमल जिल्लामा भएको हवाई आक्रमणमा महिला बालबालिकासहित १५ देखि २० जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् ।

पाकिस्तानले सात गाउँको निशाना बनाएर गरेको हवाई आक्रमणमा एकै परिवारका पाँच जनाको मृत्यु भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन् । आक्रमणमा अन्य धेरै नागरिक गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

तालिवान रक्षा मन्त्रालयले हमलामा निर्दोष मानिसहरु पनि मारिएको दाबी गरेको छ । अफगानिस्तान सरकारले आक्रमणको निन्दा गदै पाकिस्तानले यसको गम्भीर नजिता भोग्नुपर्ने चेतावनी दिएको छ । साथै बजिरस्तानका शरणार्थीहरु पनि हमलामा मारिएको मन्त्रालयले जनाएको छ ।