काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयका ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको हो ।
मन्त्री चौरसियाले दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको विषयमा स्वास्थ्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि दुवाकोटमा न्याम्सका १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र ६३ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेको उल्लेख गर्नुभयो ।
उक्त अस्पताल नेपालको एउटा महत्वपूर्ण प्रतिष्ठान भएको बताउँदै मन्त्री चौरसियाले यसको निर्माण प्रक्रिया अघि नबढ्दा अन्य ठाउँहरुमा समस्या उत्पन्न गर्छ कि गर्दैन ? भनेर प्रश्न समेत गर्नुभयो ।
मन्त्री चौरसियाले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्