५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


हनियालाई मारेको इजरायलको स्वीकारोक्ति


0
Shares

एजेन्सी । इजरायलका रक्षामन्त्रीले आफ्नो देशमा आक्रमण गर्ने जो कोहीलाई नछाड्ने चेतावनी दिएका छन् । हमासका राजनीतिक नेता इस्माइल हनियाहलाई गत जुलाईमा इरानको तेहरानमा आफ्नो देशले मारेको उनले स्वीकारेका छन् ।

रक्षामन्त्री इजरेल काट्जले यमनमा इरान समर्थित हुथी आन्दोलनका प्रमुखहरूलाई निशाना बनाउने टिप्पणी गर्दै हनियाको हत्या इजरायलले गराएको स्वीकारेका हुन् । हनिया इरानको राजधानीमा बसिरहेको भवनमा आक्रमण गरेर उनको हत्या गरिएको थियो ।

यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविराम गर्न सहमत हुने दिशामा केही प्रगति भएको बताएका छन् । एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले हमास र इजरायलबीचको वार्ता ९० प्रतिशत पूरा भइसकेको तर मुख्य मुद्दाहरू भने बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।