६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


अहिले कांग्रेसमा विचलन छ : शेखर कोईराला


468
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली कांग्रेसभित्र विचलन रहेको स्वीकार गर्नुभएको छ ।

सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले अहिले पार्टीमा विचलन रहेको बताउनुभएको हो ।

नेता कोईरालाले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरुको कुरा नसुनेपछि बाध्य भएको बताउनुभयो । उहाँले सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उहाँको स्पष्टीकरण थियो ।

सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गटलाई फस्टाइदिने गतिविधि गर्नुभएको आरोप लगाउनुभयो ।

नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढ्नुभएको स्मरण गर्नुभयो । अग्रजहरुले देखाएको बाटोमा नेपाली कांग्रेस हिँड्नुपर्ने बताउनुभयो ।