काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताउनुभएको छ ।
सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताउनुभएको हो ।
उपमहासचिव शर्माले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको विस्तार लागि महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताउनुभयो । पत्रकारिताले समाजको आत्माको रुपमा काम गरेको उहाँको भनाइ छ ।
उपमहासचिव शर्माले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्