काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण गर्नुभयो । उहाँले सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महशुस आफूले गरेको बताउनुभयो ।
पूर्वराष्ट्रपति यादवले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महशुस हुने बताउनुभयो । उहाँले लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताउनुभयो ।
पूर्वराष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्