काठमाडौं । पाँचथरको फिदिममा शनिबारदेखि ११औं संस्करणको फाल्गुनन्द गोल्ड कप प्रतियोगिता सुरु हुँदैछ ।
आयोजक फिदिम स्पोर्टिङ क्लबले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगितामा भाग लिने खेलाडीहरु काठमाडौंसहित विभिन्न स्थानबाट फिदिम पुगिसकेका छन्. । प्रतियोगिता सञ्चालनका लागि फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा बाँसबाट चार हजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।
यस्तै मैदानमा रहेका पक्की प्याराफिटमा २ हजार अटाउने ब्यवस्था मिलाइएको पनि आयोजकले बताएका छन् । फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङ अनुसार भोलि हुने उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र भारतको करसाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।
पुस ७ गते मछिन्द्र फुटबल क्लब काठमाडौं र झापा–११ झापा तथा पुस ८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र उद्घाटन खेलको विजेता टीमबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्