Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै इलाममा र्‍याली


0
Shares

इलाम, असोज १ । निर्मला पन्तको वास्तविक हत्यारालाई छिटोभन्दा छिटो सार्वजनिक गरी कानुनी कारवाहीको माग गर्दै इलामका महिलाहरुले र्‍याली निकालेका छन् ।

गत साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरिएको थियो घटना भएको लामो समय हुँदासमेत प्रहरीले हत्यारा पत्ता नलगाएको भन्दै इलामका महिलाहरुले सदरमुकाम इलाममा विरोध प्रदर्शन गरेका हुन् ।

महिला जागरण संघ इलाम र महिला उद्यमी विकास एकाई इलामले आयोजना गरेको र्‍यालीमा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता थियो । निर्मलाको हत्यारालाई कारवाही गर्न ढिलो गरेकाले विरोधमा उत्रन बाध्य भएको महिला जागरण संघ इलामकी अध्यक्ष बिष्णु दाहालले जानकारी दिइन् ।

र्‍यालीमा सहभागीहरुले नारा लगाउँदै बजार परिक्रमा गरेर सदरमुकामको चोक बजारमा कोणसभा समेत गरेका थिए ।

सयौं सहभागी प्रदर्शनमा महिलाहरुले निर्मलाका निम्ति न्याय, बलात्कारको घटनाको अन्त्य गर, दोषीलाई कारवाही गर लगायतका नारा लेखिएको प्ले कार्ड समेत बोकेका थिए ।