२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छ : कृषिमन्त्री अधिकारी


338
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताउनुभएको छ ।

शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै कृषिमन्त्री अधिकारीले समय परिवर्तन भएपनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताउनुभयो । उहाँले पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेको बताउनुभयो । उहाँले बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गर्नुभयो ।

कृषिमन्त्री अधिकारी रैथाने बालीहरुको विकास र संरक्षणको लागि सरकारले पहल गर्ने बताउनुभयो । संस्थाले रैथाने बाली कोदोको विषयमा रिपोर्टिङ गर्ने ५ कृषि पत्रकारलाई सम्मान समेत गरेको छ ।