५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


अख्तियारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा


1.001k
Shares

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ संशोधन गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप नरहेको बताउनुभएको छ ।

बिहीबार समिति बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै सभापति खतिवडाले आवश्यक परेको बेला जोसुकैसँग छलफल गर्ने अधिकार समितिसँग भएको तर प्रधानमन्त्रीले यही विधेयकमा छलफल गरौं भनेर नबोलाएको बताउनुभएको हो ।

सभापति खतिवडाले प्रधानमन्त्रीको व्यक्तिगत आरणमा आँच आउने र मान मर्यादा हुने किसिमले भ्रम फैलाइएको बताउनुभयो । उहाँले भ्रष्टाचारमा संलग्न दोषिहरु नउम्किने र निर्दोश नफस्नेगरी विधेयकमा काम गर्ने प्रतिवद्धता व्यक्र गर्नुभयो । उहाँले समितिमा छलफल गरेर कसैले दुख नपाउने गरि विधेयक संशोधा गर्ने दाबी गर्नुभयो ।

उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्नसक्ने गरी संशोधन गर्न सुझाएको छ । अबको केही समयमा विधेयकमाथि छलफल शुरु गर्ने समितिको तयारी छ ।