काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्लाई गतिशिल बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार न्याय परिषद् दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले न्याय परिषद्लाई गतिशिल र जिम्मेवार बनाउनसकेमात्रै न्याय क्षेत्रमा देखापरेका विकृति र विसंगतिहरुको अन्त्य गर्न सकिने बताउनुभएको हो ।
प्रधानन्यायाधीश राउतले न्याय परिषद्को सक्रियता समग्र न्याय प्रणालीको सुदृढिकरणको प्रस्थानबिन्दु भएको बताउनुभयो । उहाँले न्याय परिषद्ले सम्पादन गर्ने कुनैपनि काम कारबाही पारदर्शी हुनुपर्ने बताउनुभयो । न्याय परिषद्ले समय सन्दर्भिक रुपले विकसित भएका नविन अवधारणाहरुलाई क्रमशः आन्तरिकिकरण गर्दै आफ्ना परम्परागत भुमिकाबाट अगाडि बढ्दै आजको युगमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बेला भएको उहाँको भनाइ छ ।
प्रधानन्यायाधीश राउतले नेपालको संविधानले समग्र देशको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको कुरालाई आत्मसाथ गर्दै उक्त जिम्मेवारी निर्वाह गर्ने भरपर्दो सारथीको रुपमा मैले न्याय परिषद्लाई समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्