काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाजलाई व्यवस्थित गर्ने क्रममा पलाएको ऐंजेरुको रुपमा चित्रण गर्नुभएको छ ।
बुधबार काठमाडौंमा नेपाल उत्पिडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सबैभन्दा पहिला मानिस हौँ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले मानिस सबै बराबर हुने बताउनु भयो । जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको बताउनुभयो । उहाँले जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताउनुभयो । जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जथाभावी बोल्ने र गर्न थालेपछि कांग्रेस र एमाले मिलाएर सरकार बनाएको बताउनुभयो । अस्थिरता, अन्योलता र भ्रष्टाचारको सीमा नरहे पनि आफूहरु मिलेर सरकार बनाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्